भ्रष्ट्राचार नियन्त्रणमा प्रभावकारी भूमीका खेल्छु– प्रमुख आयुक्त

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन १५, २०७७      0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्ट्राचार नियन्त्रणलाई प्रभावकारी बनाउने बताएका छन् ।

शनिबार काठमाडौमा भएको कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्ट्राचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् ।

नागरिकको अपेक्षा र संञ्चार माध्यमले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने उनले प्रतिवद्धता जनाए ।

प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्रष्ट्राचार नियन्त्रणको कामकारबाहीलाई अगाडि बढाउने स्पष्ट पारेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *