कांग्रेसलाई सत्तामा जाने कुनै हतारो छैनः रामचन्द्र पौडेल

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन १५, २०७७      0

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)संग कुनै सिद्धान्त नै नभएको बताएका छन् । कांग्रेस सोलुखुम्वु काठमाडौं सम्पर्क समितिद्धारा राजधानीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई संवोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

मौसम अनुसार चोली फेर्या जसरी नेपाली कम्युनिष्टहरु बदलिरहेको जिकिर गर्दै परिवर्तनको हरेक मोडमा नेतृत्वको जग बसाउने कांग्रेस नै भएको दावि गरे ।

उनले संविधानमाथि नै घात गरेर ओली अहिलेको अवस्थामा मुख्य राजनीतिक ‘अपराधी’ भएको आरोप लगाए । ‘संविधान र राष्ट्रलाई जोखिममा पार्ने ‘अपराधी’सँग कांग्रेसले कुनैपनि हालतमा चोचोमोचो मिलाउन सक्दैन’ उनले भने, ‘जनताले कांग्रेसलाई प्रतिपक्ष भएर बस्ने अधिकार दिएको छ, त्यसैले व्यवस्था बचे सत्तामा जाउला अहिलेलाई कांग्रेसको मुख्य दायित्व नै व्यवस्था बचाउने हो’ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *