राप्रपा नेपालले भदौ ३० देखि ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान’ यात्रा सुरु गर्दै

 ग्लोबल टिभि      बिहिबार, भदौ १६, २०७९      0

भदौ १६ –राप्रपा नेपालले मंसिर ४ गते हुने चुनावलाई लक्षित गर्दै विभिन्न निर्णय गरेको छ । बिहीबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले निर्वाचन पूर्वतयारीका सन्दर्भमा आवश्यक निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

जसअनुसार काँकडभिट्टाबाट भदौ ३० गते मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु भएर महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन गर्ने निर्णय भएको छ । यस्तै बैठकले विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग वार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष दिलनाथ गिरीलाई दिने निर्णय गरेको छ ।

आजको बैठकमा महामन्त्री सुशीलकुमार श्रेष्ठद्वारा राष्ट्रिय स्वाभिमान यात्रा तयारी, महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन बस्नेतद्वारा स्रोत परिचालनसम्बन्धी कार्य प्रगति विवरण प्रस्तुत भएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *