शिलान्यास र उद्घाटन गर्न प्रधानमन्त्रीलाई भ्याइनभ्याइ, आज झापा जाँदै

 ग्लोबल टिभि           0

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार गृह जिल्ला झापा जाँदै छन् । प्रधानमन्त्री ओली दिनभर दमक र कमलमा हुने कार्यक्रममा सहभागी हुने तालिका छ ।

दमक र कमलमा प्रधानमन्त्रीले विभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने छन् । दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै गौरादह, दमक र कमलमा २ हजार २ सय विगाहमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको पनि प्रधानमन्त्रीले आज शिलान्यास गर्ने छन् ।

दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । निर्धारिक कार्यक्रम सकेपछि ओली आजै काठमाडौं फर्कर्ने कार्यक्रम रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *