सिंहको प्रश्न–प्रधानमन्त्री जी आफैले भंग गरेको संसदमा कुन मुखले जानुहुन्छ ?

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन १६, २०७७      0

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको संरक्षणमा राष्ट्रपति चुकेको बताएका छन् । स्वास्थ्य मिडिया नेटवर्कले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले राष्ट्रपतिले संविधानको संरक्षण गर्नुपर्नेमा सरकारको रबर स्ट्याम्प बनेर राष्ट्रपतिले संविधानको भावनालाई अपहेलना गरेको बताए ।

नेता सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए राजीनामा दिनुपर्ने धारणा राखे । आफैले बिघटन गरेको प्रतिनिधिसभामा जान प्रधानमन्त्रीलाई नैतिकताले नदिने उनको भनाई छ ।

चारैतिर सेटिङको हल्ला चल्दा आफुलाई न्यायालय सहि निर्णय गर्छ भन्ने लागेको भन्दै न्यायलयको फैसलाले संविधान नै रक्षा गरेको पनि बताए । उनले मुलुकको लोकतन्त्रलाई जोगाउने काम कांग्रेसले गर्ने र अन्य दलले कुरा मात्रै गर्ने टिप्पणी गरे । कार्यक्रम स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका चिकित्सकलाई सम्मान गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *