सांसद किनबेच हुनसक्ने खतरा बढ्योः प्रदीप ज्ञवाली

कतै सांसद फेरी दलहरुको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन १६, २०७७      0

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनस्थापनापछि संसदमा सांसदहरुको किनबेच हुनसक्ने खतरा बढेको बताएका छन् ।नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरुको नीति बिहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए ।

उनले भने,‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको साशनमा विश्वास गर्ने शक्तिहरु हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ । हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर कतै फेरी संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरी दलहरुको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’
मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए ।

सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको उनले दावि गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *