स्मार्ट सिटी आधुनिक र विश्व प्रतिष्पर्धी बनाइने छ– शहरी विकासमन्त्री

 ग्लोबल टिभि           0

शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं उपत्यका र बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर रुपले अघि बढाएको दावी गरेका छन् ।

आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री साहले काठमाडौंमा बन्ने चार मध्ये तीनवटा स्मार्ट सिटीको काम अघि बढेको दावी गरे । काठमाडौं बाहिरका स्मार्ट सिटीको काम पनि संगै अघि बढाइने उनको भनाइ छ ।

। विश्वमा प्रतिस्पर्धा गर्न सक्नेगरी आधुनिक स्मार्ट सिटी निर्माण गर्नेतर्फ मन्त्रालयले सोचेको छ । तर, स्मार्ट सिटी बनाउने काम छिटो गर्नुपर्ने भएपनि कानुन विपरित हुन नहुनेमा आफु सचत रहेको मन्त्री शाहले बताए ।

स्मार्ट सिटी महत्वांकाक्षी योजना भएकोले सबै नागरिकको सरोकारलाई जोड्ने गरी अघि बढाइने पनि उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *