निर्वाचन आयोगमा ओलीको सेटिङ भत्किन्छ: अध्यक्ष दाहाल

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन १८, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केहि दिन भित्रै निर्वाचन आयोगले आफुहरुको पक्षमा निर्णय गर्ने बताएका छन् ।

सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष दाहालले केही दिनभित्रै पार्टीको आधिकारिकता आफुहरुले पाउने दाबी गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी समेत गरेका छन् । दाहालले केही दिन भित्रै आधिकारिक पार्टी बहुमतवाला पार्टी नै भएको र सूर्य चिन्ह र नाम बहुमतवाला पार्टीकै हो भनि फैसला गर्ने बताए । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई खारेज गरिदिएपछि प्रधानमन्त्रीको पदमा  बस्न लायक नभएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *