ग्लोबल टिभि
मङ्लबार, फाल्गुन १८, २०७७
0
सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच वार्ताको तयारी अघि बढेको छ ।
मंगलबार सरकारले विप्लवसंग वार्ता गर्न गृहमन्त्री रामवहादुर थापाको संयोजकत्वमा २ सदस्यीय वार्ता समिति गठन गरेको थियो । सरकारी वार्ता समितिको सदस्यमा प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई छन् ।
सरकारले वार्ता टोली गठन गरे लगत्तै विप्लव समूहले पनि वार्ताको लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको हो । विप्लव समूहको वार्ता समितिको अर्का सदस्यमा दिपक चलाउने रहेका छन् ।
केही समय अघि विप्लव समूहले सरकारसंग वार्ता गर्न सकारात्मक रहेको आशयको विज्ञप्ती जारी गरेको थियो । त्यसयता, प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा विप्लवसंग वार्ताको प्रकृयालाई छिट्टै टुंगोमा पुर्याइने बताउँदै आएका छन् ।
Post Views: 997
Leave a Reply