कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार

 ग्लोबल टिभि           0

मष्तिष्कघातपछि नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ । जोशीको स्वास्थ्यमा सुरुको अवस्थाको तुलनामा निकै सुधार आएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा सुधार आएपछि सोमबार बिहानबाट भेन्टिलेटरको सपोर्टलाई कम गर्दै लगिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनुभएको छ । मेसिनले सास फेराउनु परेको छैन’, डा. झाले भने, ‘उहाँको रक्तचाप पनि निकै कम छ ।’

बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिने डा. झाले जानकारी दिए । स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि अझै खतरामुक्त भने नरहेको चिकित्सक झाको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *