ग्लोवल टि.भी.
बुधबार, फाल्गुन १९, २०७७
0
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली समुहका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाले दाहाल-नेपाल समूह संकटमा परेको जिकिर गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक अन्र्तक्रियामा बोल्दै नेता बस्नेतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च आदालतको फैसलाले प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न चाहाने दाहाल-नेपाल समूह नै संकट परेको बताएका हुन् । उनले दाहाल नेपाल समुहले प्रधानमन्त्री ओली विरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि फिर्ता लिनुपर्ने अवस्थामा पुगेको बताए।
नेता बस्नेतले नेपाली कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतिपूर्ण हुने बताए । फागुन २३ गतेपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमान अनुमानमै सिमित हुने पनि उनको भनाई छ ।
Post Views: 390
Leave a Reply