शो दिएन भनेर मेरो बदनाम गर्न खोजियो : भुवन केसी

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ २८, २०७९      0

भदौ २८– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोशिष भएको बताए । उनले चलचित्र विकास बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आगामी दिनमा नेपाली चलचित्र क्षेत्रलाई उचाइमा पु¥याउने बताए ।

अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गरे । उनले बाहिरी देशका चलचित्रहरुले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताए । अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकासका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै चलचित्रका केही नीति, नियम परिवर्तन गर्न जरुरी रहेको पनि बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.