ग्लोबल टिभि
0
सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच पहिलो चरणको वार्ता सकिएको छ । बुधबार भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको सरकारी वार्ता समूहका सदस्य डा. राजन भट्टराईले सामाजिक संञ्जालमार्फत व्यक्त गरेका छन् ।
वार्ता कुन ठाउँमा भएको भन्नेबारे भने स्पष्ट खुलाइएको छैन ।
मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई संलग्न दुई सदस्यीय वार्ता समूह गठन गरेको थियो । त्यसलगत्तै, विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा उदयबहादुर चलाउने सहितको दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
Post Views: 1,220
Leave a Reply