वायुसेवा संचालकले भेटे उद्योगमन्त्री, निर्णय पुनर्विचार गर्न माग

 ग्लोबल टिभि           0

सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज सहित अन्य निकुञ्ज क्षेत्रमा उडान निषेध गर्ने सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको निर्णयमा वायु सेवा सञ्चालकले आपत्ति जनाएका छन् ।

निर्णयको विरोधमा वायु सेवा सञ्चालकले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जारी गरेको हेलिकप्टर अवतरण÷होभारिंग नियमनको परिपत्रमा हेली अवतरण नियमन वा सो क्षेत्रका लुक्ला, स्याङबोचे र नाम्चे ३ स्थान वाहेक अन्य स्थानको उडान तथा अवतरण रोक्ने निर्णय गरेको थियो । निर्णयले हेलिकप्टर संचालक कम्पनी सहित समग्र पर्यटन व्यवसाय मर्कामा पर्ने भएकोले पूर्ववत रुपमा अवतरण गर्न पाउनुपर्ने वायु सेवा संचालकको माग छ ।

जवाफमा ज्ञापन पत्र बुझ्दै मन्त्री भट्टले राष्ट्रिय निकुञ्जको संरक्षण र हवाइ उद्योग संचालनलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने बताए । यसबारेमा सरोकारवाला सबैसंग छलफल गरी समाधान खोजिने उनले आश्वासन दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *