सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता– फलदायी भएको भनाइ

 ग्लोबल टिभि      बुधबार, फाल्गुन १९, २०७७      0

सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच बुधबार दोस्रो चरणको वार्ता पनि सकिएको छ । प्रधानमन्त्रीको निवास वालुवाटारमा भएको वार्ता विषयमा केन्द्रीत हुनुका साथै दुबै पक्ष समान धारणा नजिक पुगेको बताइएको छ ।

वार्ता छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले ट्वीटमार्फत बताएका छन् ।

यसअघि आजै बिहान पहिलो चरणको वार्ता भएको थियो । मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई संलग्न दुई सदस्यीय वार्ता समूह गठन गरेको थियो । त्यसलगत्तै, विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा उदयबहादुर चलाउने सहितको दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *