कम्युनिष्ट घटकको नेतृत्वमा कांग्रेस सरकारमा जानुहुन्न : डा.महत

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जाननहुने बताएका छन्।

नेपाली कांग्रेस ओखलढुंगाले स्वर्गीय नेता मित्रसेन दाहालको १३ औँ पुण्यतिथिमा गरेको श्रद्धाञ्जली सभामा बोल्दै सह–महामन्त्री महतले कम्युनिष्ट घटकको नेतृत्वमा कांग्रेस सरकारमा जाननहुने बताएका हुन् ।

तर सरकारको नेतृत्वको जिम्मेवारी लिनुपर्ने अवस्था आए कांग्रेसले लिनुपर्ने तर्क गरेका छन् । उनले कांग्रेसको नेतृत्व सहज स्वीकार गर्नेसंग मिलेर सरकार बनाउनुपर्ने बताए ।

नेपाली कांग्रेस कम्युनिष्ट कुन पक्ष तिर लाग्ने भन्दा पनि कम्युनिष्टहरुलाई आफ्नो राजनीतिमा ल्याउनुपर्ने उनको भनाई छ । आफ्नो पक्षमा राजनीति ल्याउन दिर्घकालिन सोच राख्नुपर्ने समेत बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *