सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

 ग्लोवल टि.भी.      बिहिबार, फाल्गुन २०, २०७७      0

सरकार र प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) समूहबीच ३ बुँदे सहमति भएको छ । आज वालुवाटारमा भएको तेस्रो चरणको वार्तामा दुबै पक्षबीच तीन बुँदे सहमति भएको हो ।

विप्लव समूहले सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट खोज्ने र सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण ढंगबाट संचालन गर्ने सहमतिपत्रमा उल्लेख छ ।

त्यस्तै, सरकारले पनि विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने र सम्पूर्ण बन्दीको रिहाइका साथै मुद्धा खारेजी गर्ने समझदारी बनेको छ ।

सहमतिलाई भोली एक समारोहकाबीच विस्तृत रुपमा सार्वजनिक गरिने पनि बताइएको छ । भोलीको समारोहलाई प्रधानमन्त्री के.पी. शर्मा ओली र विप्लव समूहबाट महासचिव विप्लवले संवोधन गर्ने सरकारी टोलीका वार्ता सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *