पार्टी एकतामा वामदेवको प्रयास, दोस्रो तहका नेतालाई एकताबद्ध गराउने

 ग्लोवल टि.भी.      बिहिबार, फाल्गुन २०, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा तेस्रो धार समातेका उपाध्यक्ष वामदेव गौतमले दुबै पक्षका दोस्रो तहका नेताहरुलाई एकताबद्ध गराउने भएका छन् । दाहाल–नेपाल र ओली गरी दुई समूहमा विभाजित नेकपामा उपाध्यक्ष गौतम कुनै समूहमा नलागि एकताकै पक्षमा उभिँदै आएका छन् । पार्टीलाई एकताबद्ध गर्ने उनको प्रयास कमजोर बन्दै गएपछि दोस्रो उपाय अघि सारेका हुन् ।

यसमा उनले दुबै समूहका दोस्रो तहका नेतालाई सुरुमा एकताबद्ध गर्ने र पार्टी एकताको लागि माउ नेतालाई दवाव दिने बताएका छन् । एकताको पक्षमा नरहने नेतालाई भोट नदिने सम्मको अवस्था सिर्जना गर्न सकिनेमा उनी विश्वस्त छन् ।

बिहिबार कोभिड–१९ विरुद्धको खोप लगाउन सिभिल अस्पताल पुगेका उपाध्यक्ष गौतमले संचारकर्मीसंगको कुराकानीमा आफ्नो योजना बताएका हुन् । उपाध्यक्ष गौतमले विभाजनउन्मुख नेकपाको कुनै पक्षमा नलाग्न कार्यकर्तासंग आग्रह पनि गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *