ग्लोबल टिभि
बिहिबार, फाल्गुन २०, २०७७
0
कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले कृषिमलको समस्या सधैंको लागि अन्त्य हुने दावी गरेकी छन् । विहीबार मन्त्रालयमा पत्रकार गरी उनले मलको अभावमा किसानलाई परेको समस्या सधैंको लागि अन्त्य हुने दावी गरेकी हुन् ।
आफूले मासिक कार्यतालिका नै बनाएर मलको आपूर्तिलाई सहज बनाएको उनको भनाइ छ ।
कृषि मल समस्याको दीर्घकालीन समाधानको लागि सात वटै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन् ।
चालु आर्थिक वर्षमा २ लाख मेट्रिक टन मल आयात गरिने मन्त्री अर्यालले जानकारी दिइन् । यसले आउँदो वर्षको धान सिजनका लागि समेत धान्न सक्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ ।
Post Views: 1,778
Leave a Reply