गणतन्त्रलाई कसले जोगाउने : अध्यक्ष यादव

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन २१, २०७७      0

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले निष्पक्ष रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद निरुपण गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा वर्तमान राजनीतिक संकट र त्यसको समाधान विषय विचार गोष्ठिमा बोल्दै प्रतिगमन विरुद्व अघि बढेका शक्तिहरु बीच सहमती गरी सरकार गठन गर्नुपर्ने बताएका हुन् । सरकारको प्रधानमन्त्री को भन्ने भन्दा पनि प्रणालीलाई संस्थागत गर्नु महत्वपूर्ण कुरा भएको उनले बताए ।

उनले भने– ‘जो प्रतिगमनका विरुद्वमा, असंवैधानिक कदमका विरुद्धमा लोकतन्त्रका लागि अघि बढे । ति सबै शक्ति बसेर सहमति किन नगर्ने ? साझा चिन्ताको आधारमा अर्को सरकार गठन गर्ने । अहिलेको अवस्थामा सरकारको प्रधानमन्त्री को बन्ने भन्दापनि सिस्टमलाई कसले जोगाउने ? संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसले संस्थागत गर्ने त्यो महत्वपूर्ण कुरा हो ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *