नवलपरासीबाट काठमाडौ आउँदै विप्लव, दिउँसो सभागृहमा सार्वजनिक हुने

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन २१, २०७७      0

सरकार र विद्रोही नेकपाबीचको वार्ता सहमतिमा पुगेपछि महासचिव नेत्र विक्रम चन्द दिउँसो सार्वजनिक हुँदैछन् ।

उनी दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विषेश समारोहमा सार्वजनिक हुँदैछन् । उक्त समारोहलाई प्रधानमन्त्री के.पी. ओली र महासचिव चन्दले एउटै मञ्चबाट संवोधन गर्ने कार्यक्रम छ । सहमतिको विस्तृत विवरण पनि उक्त समारोहमा नै सार्वजनिक गरिने छ । विहीबार नै नवलपरासी आइपुगेका चन्द दिउँसो काठमाडौ आउनेछन् ।

पश्चिम नेपालबाट गएराती नवलपरासी आइपुगेका चन्द अमरापुरीस्थित बेलबहादुर सारुको घरमा बास बसेका बुझिएको छ । आज बिहान नवलपुरस्थित सहिद फूलमाया सारू (रमा) को परिवारलाई भेटघाट गरी चन्द काठमाडौ प्रस्थान गरेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *