नवलपरासीबाट काठमाडौ आए विप्लव, सभागृहमा सार्वजनिक हुँदै

 ग्लोबल टिभि           0

सरकार र विद्रोही नेकपाबीचको वार्ता सहमतिमा पुगेपछि महासचिव नेत्र विक्रम चन्द दिउँसो सार्वजनिक हुँदैछन् । उनी दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विषेश समारोहमा सार्वजनिक हुँदैछन् ।

उक्त समारोहलाई प्रधानमन्त्री के.पी. ओली र महासचिव चन्दले एउटै मञ्चबाट संवोधन गर्ने कार्यक्रम छ । सहमतिको विस्तृत विवरण पनि उक्त समारोहमा नै सार्वजनिक गरिने छ । विहीबार नै नवलपरासी आइपुगेका चन्द अहिले काठमाडौ आइपुगेका छन् । पश्चिम नेपालबाट गएराती नवलपरासी आइपुगेका चन्द अमरापुरीस्थित बेलबहादुर सारुको घरमा बास बसेका थिए ।

बिहान नवलपुरस्थित सहिद फूलमाया सारू (रमा) को परिवारलाई भेटघाट गरी चन्द काठमाडौ प्रस्थान गरेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *