आणविक हतियार प्रयोगबारे गैरजिम्मेवार अभिव्यक्ति नदिन पुटिनलाई अमेरिकाको चेतावनी

 ग्लोवल टि.भी.      बिहिबार, अशोज ६, २०७९      0

असोज ६ –अमेरिकाले पुटिनको आणविक हतियार प्रयोगबारे ‘गैरजिम्मेवार’ भनाइलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको बताएको छ ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने ‘गैरजिम्मेवार’ धम्कीलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एक वरिष्ठ अमेरिकी अधिकारीले बुधबार बताएका छन् ।

उनले भने, ‘आणविक शक्ति राष्ट्रले हतियार प्रयोगबारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु गलत हो ।’

बुधबारको सम्बोधनमा पुटिनले रूसी भूमिको रक्षाका लागि ‘सबै उपलब्ध साधन’ प्रयोग गर्ने बताएपछि ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एबीसीमा गुड मर्निङ अमेरिकासँग भने, ‘उहाँले विगत सात महिनादेखि कसरी कुरा गरिरहनुभएको छ भन्ने कुरा असामान्य होइन र हामी यसलाई निकै गम्भीरताका साथ लिन्छौँ ।’

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.