गठबन्धनका दललाई मंसिर ४ मा नेपाली जनताले दण्डसजाय दिनेछन्ः ओली

 ग्लोबल टिभि           0

असोज ६ –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिको सुझावलाई संसद बाहिर अनाडीहरु बसेर मजाक बनाउँदै कुसंस्कार भित्र्याएको बताए ।

उनले गठबन्धनले सत्ता बाहेक अरु केही नसोचेको पनि बताए । ओलीले गठबन्धनको गन्तव्य नै नभएको भन्दै एमाले देशको, जनताको, संविधान र कानुनको भाषा बोल्ने र सुखी नेपाली सम्मृद्ध नेपाल गन्तव्य रहेको तर गठबन्धनले मसल, स्वार्थको भाषा बोल्ने आफ्नो स्वार्थको सुख बोल्ने गरेको बताए ।

उनले संविधान, कानुन र मर्यादा समेत गठबन्धनले उल्लंघन गरेको भन्दै गठबन्धनसँग बहुमत नै नभएको टिप्पणी गरे । ‘जोडेको बहुमतको धाक लगाउने?’, ओलीको प्रश्न छ । उनले यही कुसंस्कार र अलोकतान्त्रिक बाटोमा हिँडेको गठबन्धनले राष्ट्रपतिको अपमान गर्ने काम गरेर महानता ठानेको भन्दै मंसिर ४ को निर्वाचनले दण्डसजाय दिने विश्वास गरे । ‘गठबन्धनलाई जनताले पराजित गराएर छोड्ने छ’, ओलीको भनाइ छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रियताको पहरेदार र संवर्द्धक भएको भन्दै सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षक एमालेबाहेक अरु कुनै पार्टी नरहेको दावी गरे । ओलीले गठबन्धनका नेताहरु घुँडा टेक्ने बाहेक केही नगरेको बताए । भने, ‘गठबन्धनको गन्तव्य जसरी पनि घुँडा टेकेर भएपनि सत्ता प्राप्त गर्नु हो, यसो सुरुवाल तान्न लगाएर हेर्नुस् त कस्तो भएको छ घुँडा टेक्दा टेक्दा? जोतेको गोरुको काँधजस्तो भएको छ ।’

‘नागरिकका सन्तानले नागरिकता पाउनुपर्छ भनेर अध्यादेशका रुपमा ऐन जारी गर्यो । संसदमा जानै बाँकी थियो । तर यिनै गठबन्धनवालाले मुद्दा हाल्न लाएर अदालतले बदर गर्यो’, ओलीको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *