सहमतिले शान्तिको यात्रामा मुलुकलाई नयाँ उचाइमा पुर्यायो–प्रधानमन्त्री

मेरा प्रत्येक काम युग परिवर्तनकारी भइरहेका छन्-प्रम

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन २१, २०७७      0

प्रधानमन्त्री के.पी. शर्मा ओलीले विप्लवसंगको ३ बुँदे सहमतिले मुलुकलाई शान्तिको नयाँ उचाइमा पुर्याएको बताएका छन् । सहमति हस्ताक्षर समारोहमा उनले सहमतिले राष्ट्रिय हितको रक्षा, स्वतन्त्रता, सामाजिक न्याय अधिकारसम्म पुग्ने अवसर सिर्जना गरेको र शान्तिप्रतिको नेपाली चाहनालाई पुरा गरेको दावी गरेका छन् । उनले विप्लवसंगको सहमतिलाई शान्तितर्फको ठूलो फड्को मानेका छन् ।

समारोहमा प्रधानमन्त्री ओलीले महासचिव विप्लवलाई बधाई, स्वागत र शुभमाना पनि दिएका छन् । उनले भनेका छन्, ‘विप्लव जी ले साहसिक कदम चाल्नुभयो र सबै नेपालीको मन पनि जित्नुभयो । मुलुकले शान्ति खोजेको छ । यो शान्तितर्फको यात्रामा ऐतिहासिक कामको थालनी भएको छ ।’
नेपालमा हिंसात्मक द्धन्द्धको अन्त्य भएको भन्दै प्रधानमन्त्री ओलीले सहमति विश्व कम्युनिष्ट आन्दोलनका लागि पनि उदाहरण बनेको तर्क गरे ।

विप्लवसंगको सहमति रातारात भएको नभइ लामो समयअघिदेखिको प्रयास रहेको उनको भनाइ छ । यसअघि राष्ट्र विखण्डनको आवाज उठाउँदै आएको सि.के. राउतलाई पनि वार्ताबाटै राजनीतिक मुल धारमा ल्याएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफ्नो प्रत्येक काम युग परिवर्तनकारी भएको दावी गरे ।

अब एकतावद्ध भएर मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढ्ने उनको भनाइ छ ।
दाहाल–नेपाल समूहमाथि व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले आफ्नो दुई तिहाइ भत्काएर किस्तिमा प्रधानमन्त्री लिइदिनोस् भन्दै अन्त जाने साथीहरु देखेर अचम्म लागेको बताए । यसलाई उनले नग्नताको हद भनेका छन् । आफुले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको र नगर्ने उनले स्पष्ट पारे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *