प्रतिबन्धदेखि सहमतिसम्म विप्लवको दुई वर्ष– सात सय १३ घटना

बम विस्फोट, शिक्षकको हत्या देखि चन्दा आतंकसम्म

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन २१, २०७७      0

हिंसात्मक राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई २०७५ फागुन २७ गते प्रतिबन्ध लगाएका थिए ।

सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएपछि विप्लव समूहले पनि आफ्ना गतिविधिलाई आक्रमक बनाउँदै लग्यो । चन्दा संकलन, बम विष्फोट देखि व्यक्ति हत्या सम्मको कारवाहीमा उसले आफ्ना गतिविधिलाई केन्द्रित गर्यो ।

हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीले दुई वर्षको अवधिमा के कस्ता घटना घटाएको थियो ।

दुई वर्षको अवधिमा विप्लव समूहले गराएको बम विष्फोटको घटनामा ३ जनाले ज्यान गुमाएका छन् । एक शिक्षकको घांटी रेटेर बर्बरतापूर्ण हत्या गरेका छन् ।

विप्लवका दुई वर्षको हिंसात्मक  गतिविधि र सुरक्षा कारवाही

आगजनी– २५७
बम फेला– ८६
शंकास्पद बस्तु फेला– १२५
बम विस्फोट– १०९
विस्फोटक पदार्थ फेला– ३२
तोडफोड– १९
कुटपिट– २
हातहतियार फेला– ४
कालोमोसो– ५
गोली प्रहार– २
धम्की– ३
अपहरण– २
जग्गा कव्जा– ३
अन्य गतिविधि– ५७
जम्मा– ७१३
स्रोत– नेपाल प्रहरी

उक्त अवधिमा पटक–पटक गरी २ हजार १३ नेता कार्यकर्ता पक्राउ परेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *