आज पनि महानगरको डोजर चल्यो अनामनगर क्षेत्रका अवैध संरचनामा

 ग्लोबल टिभि      शुक्रबार, अशोज ७, २०७९      0

असोज ७ –काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ । शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको छ।

अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो ।

महानगरपालिकाले केही हप्तादेखि नै अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । सडक सीमा मिचेर बनाइएका अग्ला पर्खाल पनि महानगरले भत्काउन थालेको छ ।

 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *