बाराको विकासमा पछाडी फर्केर हेरिरहन पर्दैनुः पूर्वमन्त्री श्रेष्ठ

 ग्लोबल टिभि      शनिबार, अशोज ८, २०७९      0

असोज ८ –पूर्व श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले बारा क्षेत्र नं ४ को विकास निमार्णमा कुनै राजनीतिक घुसपैठ नहुने बताएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र सडक तथा पार्क शिलान्यास कार्यक्रममा बोल्दै पूर्व श्रममन्त्री श्रेष्ठले बारा क्षेत्र नं ४ ले विकास निमार्णको काममा पछाडी फर्केर हेर्नु नपर्ने बताएका छन् ।

‘खोलामा पुल हाल्ने देखि सयौं पुल, बाटाघाटा, स्कुल निमार्णमा धेरै काम गर्न बाँकी रहेको छ, त्यसको नेतृत्व किसान श्रेष्ठले लिन्छ, गठबन्धनका दलहरुले लिन्छन्’ श्रेष्ठले भने ‘विकास निमार्णको काममा कुनै राजनीतिक घुसपैठ​ नगरीकन बाराको विकासका लागि हामीले ५ अर्बको बजेट शहरी विकास मन्त्रालयमा पेश गरिसकेका छौ’ । तनहुँ क्षेत्र नं १ का संघीय सांसद श्रेष्ठले अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं ४ बाट उम्मेदवारी दिने निश्चित भएको छ ।

मन्त्री श्रेष्ठले क्षेत्र नं ४ अन्तर्गत पर्ने प्रसौनी, परवानीपुर, फेटा गाउँपालिकाबाट विकास निमार्णका लागि निवेदन आउने क्रम जारी रहेको बताएका छन् । ‘सबै ठाउँको भन्ने बित्तिकै एकै दिन नहोला तर बारा जिल्ला क्षेत्र नं ४ को विकासको लागि बिगुल फुक्यो, यसमा तपाईहरु सबैको सहयोगको अपेक्षा पनि म गर्न चाहन्छु’ उनले भने ‘यहाँको टोल टोल र गाँउ गाउँको विकास गरेर बेरोजगारलाई रोजगारी दिलाउने कुरामा म लाग्ने कुरामा प्रतिवद्धता जनाउँछु ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *