कांग्रेसभित्र सिट बाँडफाँडमा दबाव बढाउन आज शेखर गुट छुट्टै भेला हुदै

 ग्लोबल टिभि           0

असोज ८ –सत्ता गठबन्धनभित्र सिट बाँडफाँट टुंगिन नसकिरहेका बेला कांग्रेसमा इतर समूहले संस्थापन पक्षमाथि दबाब बढाएको छ।

इतर पक्षका नेता शेखर कोइराला समूहले आज काठमाडौंमा छुट्टै भेला आयोजना गर्न लागेको हो। दिउँसो १ बजे थापागाउँ स्थित एक बैंक्वेटमा हुने कार्यक्रममा टिकट बाँडफाँटमा समूहगत हिसाबले भेदभाव हुन नदिन खबरदारी गर्ने कोइराला पक्षका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।

उनका अनुसार भेलामा शेखर समूहका केन्द्रीय सदस्य, उपलब्ध जिल्ला सभापतिहरु, टिकटका आकांक्षीहरु उपस्थित हुनेछन्। गठबन्धनसँग प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले कम्तिमा १ सय सिट लिनुपर्ने दाबी गर्दै आएको कोइराला समूहले आफूहरुले कम्तिमा ४० प्रतिशत पाउनुपर्ने माग गर्र्दै आएको छ।

समानुपातिकमा समेत आफूहरुलाई अन्याय गरेर बन्द सूची बुझाइएको भन्दै यो समूहले सूची सच्याउन नेतृत्वलाई दबाब दिने बताइएको छ। सिट बाँडफाँटमा न्यायोचित व्यवहार नभए गठबन्धनमै समस्या आउने चेतावनी कोइराला समूहको छ।

सिट बाँडफाँटको टुंगो लगाउन झण्डै डेढ महिनादेखि बस्दै आएको गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *