सुरुङमार्फत मेलम्चीको पानी सुन्दरीजल झारिदै

अवलोकनका लागि ५ बजे प्रधानमन्त्री जाँदै

 ग्लोबल टिभि      शनिबार, फाल्गुन २२, २०७७      0

मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरूङमा परीक्षणका लागि छाडिएको पानी आज सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झारिदैछ । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङहुँदै आज सुन्दरीजलमा झार्न लागिएको हो । परीक्षणका लागि आयोजनाले फागुन १० गते सुरुङमा पानी छाडेको थियो ।

यसअघि गत असार २९ गते नै सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको मुख्य गेट फुटेपछि परीक्षणको काम रोकिएको थियो । विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरेपछि सुरुङमा परीक्षणको लागि दोस्रो पटक फागुन १० गते पानी छोडिएको हो ।

आयोजनाको मुहानबाट सुरूङमा परीक्षणका लागि छाडिएको पानी २६ किलोमिटर सुरुङमार्ग हुँदै सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने आयोजनाले जानकारी दिएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज ५ बजे सुन्दरीजल पुगि प्रशोधन केन्द्रको अवलोकन गर्ने कार्यक्रम छ ।

सुरुङ हुँदै प्रशोधन केन्द्रमा ल्याइएको पानी काठमाडौं उपत्यकामा वितरण गरिनेछ । परीक्षण सफल भएपछि दैनिक १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *