सिट बाँडफाँटमा लगभग सहमति जुटिसक्योः अध्यक्ष नेपाल

 ग्लोबल टिभि      शनिबार, अशोज ८, २०७९      0

असोज ८ –पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् ।

‘१० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ, त्यो पनि आज भोलिसम्म सहमति भइहाल्छ’ नेपालले भने । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने पूर्व प्रम नेपालले टिप्पणी गरेका छन् ।

‘रौतहटको क्षेत्र नं १, ४ र काठमाडौ क्षेत्र नं २ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने विचार छ, तर अहिले नै टुंगो लागेको छैन्’ उनले भने । प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलको सम्वन्धमा पूर्व प्रधानमन्त्री नेपालले शिलान्यास गर्नुपूर्व टाँगियावस्तीलाई अन्यत्र व्यवस्थापन गर्ने, विमानस्थल निमार्णका लागि ठाउँ खाली गर्ने र स्रोतको सुनिश्चितता भएपछि मात्रै शिलान्यास गर्ने बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *