देउवाले भने– मलाई प्रधानमन्त्रीमा लोभ छैन

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन २२, २०७७      0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
शनिबार आफ्नै निवास बुढानिलकण्ठमा कांग्रेसका युवा नेता नैनसिंह महरद्वारा लिखित महाकाण्ड को विमोचनमा सभापति देउवाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका हुन् ।

जनताले आफुहरुलाई विपक्षमा बस्ने म्याण्डेड दिएको भन्दै उनले प्रधानमन्त्री बन्न हतारो नरहेको बताए ।  उनले भने – ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्याण्डेड विपक्षमा बस्ने हो । विपक्षी दलको नेता प्राइमिनिस्टर इन वेइटिङ हो । तर, म त्यसमा पनि छैन । मलाई प्रधानमन्त्री बन्ने लोभ, लालच पनि छैन । यस्तोमा लाग्नुपनि छैन ।’

सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपछि सरकार गठनको रस्साकस्सी चलेको छ । भोली प्रतिनिधि सभाको बैठक बस्दैछ । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपा भित्रको दाहाल–नेपाल समूहले प्रस्ताव गरेको भएपनि त्यसमा नेपाली कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *