ग्लोबल टिभि
0
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । आज बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको बार्षिक साधारणसभामा अर्थमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई निरन्तर अघि बढाउने बताएका हुन् । सबै लक्षित समुदायमा खोप पुर्याउने पनि उनले बताए ।
एक अर्को प्रसंगमा उनले सरकार मुलुकको समृद्धि अभियानमा बैंक तथा वित्तीय संस्था तथा उद्योगीको मनोवल उठाएर अघि बढेको दावी गरे । सरकारले उत्पादनमुलक उद्योग र होटल, पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको पनि उनले जानकारी दिए । बैंक तथा वित्तीय संस्थामा देखिएका समस्या समाधानको लागि छलफल गर्न मन्त्रालय सदैव तयार रहेको उनले बताए ।
Post Views: 1,556
Leave a Reply