प्रधानमन्त्री ओलीले भोली बिहान कोभिड–१९ विरुद्धको खोप लगाउने

 ग्लोबल टिभि           0

प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (आइतबार) बिहान कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । उनले त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर खोप लगाउने भएका हुन् । भोली बिहान नै संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोना विरुद्ध खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

कोभ्याक्स लगाएत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तरीकाले जनतासम्म निशुल्क पुर्याउन सरकारले सबै तयारी गरेको पनि स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिए । आइतबार कोभिड–१९ विरुद्धको पहिलो चरणको कोभ्याक्स नेपाल आउने भएको छ ।

भारत सरकारले उपलब्ध गराएको खोप र कोभ्याक्स सहायता प्राप्त खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालय, विश्वविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक, सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाइने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *