दाहालले ओलीलाई भने– बिग्रिएको कम्युनिष्ट, विप्लवलाई स्वागत गर्ने प्रतिक्षामा छु

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन २२, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै ‘कुहेको अण्डा’ को संज्ञा दिएका छन् । शनिबार पेरिसडाँडामा भएको कार्यक्रममा अध्यक्ष दाहालले कम्युनिष्टहरु बिग्रिए पछि कामै नलाग्ने गरि कुहिएर जाने गरेको बताए । माओत्सेतुङको भनाई उल्लेख गर्दै अध्यक्ष दाहालले भने भने, ‘कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन, बिग्रिन र कुहिन थालेपछि त्यो भन्दा नराम्रो कोहिपनि हुदैन । केपी ओली त्यही कुहेको अण्डा हो ।’

अर्को प्रसंगमा अध्यक्ष दाहालले नेत्र विक्रम चन्द ‘बिप्लव’ आफुले कोरेको गोरेटोमा आईपुगेको दावी गरे । र, छिट्टै स्वागत गर्ने प्रतिक्षामा रहेको पनि बताए ।

त्यस्तै, अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले कम्युनिष्ट विचार बोक्नेहरु पनि प्रतिगमनमा लाग्दा रहेछन् भन्ने नकारात्मक सन्देश दिएको नेपालको आरोप छ । कार्यक्रममा उनले सूर्य चिन्ह कसैले खोसेर लान नसक्ने पनि दावी गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *