माओवादीले विज्ञ राखेरै घोषणापत्र तयार गर्ने

 ग्लोबल टिभि      आइतवार, अशोज ९, २०७९      0

असोज ९ –नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरुका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरुको भनाइ छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समितिले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ ।

माओवादीले यो पटकको घोषणापत्र छोटो र बुँदागत रुपमा जनताले बुझ्ने भाषामा तयार गर्ने छ । आफूले सक्ने र सम्भव हुने विषयहरुलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी गरेको छ । आगामी ५ वर्षमा माओवादीले देशलाई कहाँ पु¥याउने भन्ने विषयको रोडम्याप घोषणापत्रमा समेट्ने समितिका नेताहरु बताउँछन् ।

माओवादी घोषणापत्र समितिले आइतबारसम्म ११ विषयगत समितिसँग छलफल गरिसकेको छ । सोमबार पत्रकार, वकिल र मानव अधिकार क्षेत्रका विज्ञसँग अन्तक्र्रिया गरेपछि विषयगत विज्ञसँगको अन्तक्र्रिया सकिने जनाइएको छ ।

समितिका सदस्यहरुका अनुसार अहिलेसम्म शिक्षा र संस्कृति, स्वास्थ्य, समावेशी, सामाजीकरण, सामाजिक न्यायका र सामाजिक सुरक्षाका प्रतिनिधि र विज्ञसँग छलफल भइसकेको छ । यस्तै वन तथा वातावरण र जलवायु परिवर्तन, ऊर्जा, जलस्रोत र सिंचाई क्षेत्र, वित्तीय क्षेत्र, राष्ट्रियता, सार्वभौमिकता र परराष्ट्र मामिला, विज्ञान तथा प्रविधि, सूचना र सञ्चार क्षेत्र, श्रम रोजगार र यातायात क्षेत्र, वाम बुद्धिजीवी, कृषि, भूमि र सहकारी क्षेत्रका प्रतिनिधि र विज्ञसँग पनि छलफल भइसकेको छ ।

मंगलबार सबै विषयगत समितिबाट आएका सुझावलाई कम्पाइल गरेर घोषणापत्रमा समेटिने जनाइएको छ । ‘घोषणापत्र समितिको बैठक मंगलबारका लागि बोलाइएको छ ।

माओवादीले घोषणापत्रमा समेट्न पार्टीका विभाग र जनवर्गीय संगठनबाट समेत सुझाव मागेको छ । ती विभाग र जनवर्गीय संगठनले दिएको सुझावलाई समेत घोषणापत्रमा समेटिने भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *