आफ्नो पक्षमा बहुमत रहेको दुबै समूहको दावी
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहजनक रुपमा अगाडी बढ्न सांसदलाई निर्देशन दिएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आफुहरुको पक्षमा १ सय १५ सांसद रहेको दावी पनि गरे ।
यो संख्या अझै बढेर जाने भएकाले सांसदहरुलाई उत्साहजनक रुपमा अगाडी बढ्न ओलीले निर्देशन दिएको प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए । संसदमा अविश्वासको प्रस्ताव पास हुने संभावना नरहेकोले प्रस्ताव ल्याउन कसैले हिम्मत नगर्ने ओली समूहको ठम्याइ छ ।
कानुनी रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दल विभाजित नभएकोले आफ्नो पक्षबाट बाहिर गएका सांसदहरु पनि फर्किने विश्वास ओली समूहले लिएको छ । शुक्रबार नेकपा दाहाल–नेपाल समूहले संसदीय दलको बैठकमा आफ्नो पक्षमा बहुमत रहको दाबी गरेको थियो । बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरेको थियो । शनिबारको ओली पक्षीय संसदीय दलको बैठकले पनि आफ्नो पक्षमा सांसदहरुको बहुमत रहेको दाबी गरेको छ । । प्रतिनिधि सभाको बैठक २३ गते अपरान्ह ४ बजे बोलाइएको छ ।
Leave a Reply