सरकार ढाल्नको निम्ति एक हल कांग्रेस कहाँ निवेदन हाल्न गए : प्रधानमन्त्री

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २३, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्नको निम्ति दाहाल – नेपाल समूह कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाएका छन् ।

शनिबार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्नको निम्ति दाहाल- नेपाल समूहका एक हल कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगएका हुन् ।

प्रत्यक्षमा १ सय १६ सिट जितेको पार्टीलाई हटाएर २३ सिट जितेको कांग्रेसलाई नेतृत्व लिन आग्रह गरिएको बताए । प्रधानमन्त्रीले जनताको आदेश र इच्छा त्यस्तो नभएको पनि बताए।

प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनमा कुनै दुर्घटना नहुनेगरी काम अगाडी बढाउन पनि निर्देशन दिए । उनले काठमाडौँमा पानी झरेको भन्दै केही दिनमा धारामा पानी वितरण गरिने पनि बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *