कोरोनाविरुद्व दोस्रो चरणको खोप अभियान शुरु हुँदै, प्रधानमन्त्री पनि लगाउने

 ग्लोबल टिभि           0

कोरोनाविरुद्वको दोस्रो चरणको खोप अभियान आज आइतबारबाट सुरु हुँदै छ ।

दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिकालाई खोप दिइने छ । त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने छन् । खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्दैछन् ।

यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ ।
पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *