असोज १० –सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भएपनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए। राजनीतिक पार्टीभित्र युवाहरूलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताए। नेताहरूले कार्यनीति फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको उनको उनको भनाइ छ।
‘नेपालमा नेताहरूले बढी भाषण गर्ने चलन रहेको छ तत्कालिन फाइदाको लागि भाषण गर्ने काम गर्ने प्रवृति छ। खुलस्त भन्नु पर्दा सट्साइटेट कार्यनीति फाइदाको लागि नेताहरूले भाषण गर्ने गरिएको छ’ उनले भने, ‘कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ । काम गरेर देखाउन एक्कसनमा जानुपर्छ। एक दुई तीन गरी काम गर्ने योजनाका रूपमा जानुपर्छ।’ उनले भने ।
सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन्।
सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरूरी रहेको बताएका हुन्।
Leave a Reply