ग्लोबल टिभि
0
आज अपरान्ह ४ बजे पुर्नस्थापित प्रतिनिधिसभा बैठक संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा प्रधानमन्त्री के.पी. ओलीको राजीनामा आउने या नआउनेबारे निकै नै चासोको साथ हेरिएको छ । त्यस्तै, उनीवरुद्ध अविस्वासको प्रस्ताव पेश हुन्छ की हुँदैन भन्ने विषय पनि सबैको लागि चासोको विषय बनेको छ ।
प्रधानमन्त्री ओली समूह अविश्वासको प्रस्ताप आए सामना गर्ने रणनीतिमा छ भने दाहाल–नेपाल समूह कुन रुपमा प्रस्तुत हुने अहिलेसम्म स्पष्ट पारेको छैन । यता, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस भने नेकपा दुबै समूहको पछिल्लो परिस्थिति बुझेर अघि बढ्ने मनसायमा छ । काँग्रेसकै रणनीतिमा जनता समाजवादी पार्टी पनि देखिएको छ ।
Post Views: 1,104
Leave a Reply