प्रधानमन्त्रीले लगाए कोभिड–१९ विरुद्धको खोप

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २३, २०७७      0

प्रधानमन्त्री के.पी. शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत आज बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर उनले खोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएसंगै दोस्रो चरणको खोप अभियान कार्यक्रम पनि औपचारिकरुपमा सुरु भएको छ । खोप लगाएपछि प्रधानमन्त्री ओलीले छोटो प्रतिक्रिया दिदै अभियान सफल बनाउन सबैसंग आग्रह गरेका छन् ।

दोस्रो चरणको अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ र बाँकी जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइँदैछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *