असोज १२ –विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहतर्फ लक्षित गर्दै ‘केही व्यक्तिको अमुक दल प्रवेश’लाई सामान्य रुपमा लिइदिन अनुरोध गरेकी छिन्। मंगलबार राति भिडियो अपिल जारी गर्दै उनले विवेकशील साझा पार्टी एक ढिक्का रहेको पनि बताएकी छिन्।
‘विवेकशील साझा पार्टी २०७४ सालमा जुन प्रतिबद्धता पत्र सार्वजनिक गरेर स्थापना भएको थियो। आज पनि सोही कुरामा अडिग रहेर नागरिक माझ आइरहेको छ’, बाँस्कोटाले भनेकी छिन्, ‘आउँदै गरेको निर्वाचनमा विवेकशील साझा पार्टीले तराजु चिह्नमा भाग लिँदैछ भन्ने कुरा पनि म सबै जनालाई जानकारी गराउन चाहन्छु।’
उनले पार्टीको मर्म, मूल सिद्धान्त, देश र नागरिक सामु गरिएका प्रतिबद्धतालाई नभुलिकन पार्टीका सम्पूर्ण नेतागण, पार्टीका जिम्मेवार सदस्य, शुभेच्छुक साथीहरु र नागरिक माझमा पनि विवेकशील साझाप्रति सोही उत्साह, जोश, जाँगर र हौसल्ला प्रदान गरिदिन अनुरोध गरेकी छिन्।
पूर्वअध्यक्ष मिश्र बुधबार राप्रपा प्रवेश गर्दैछन्। मिश्रसँगै विवेकशील साझा पार्टीका कति नेता तथा कार्यकर्ता राप्रपा प्रवेश गर्ने भन्नेचाहिँ खुलाइएको छैन।
Leave a Reply