असोज १२ –समानुपातिक उम्मेदवारको सूचीमा डा शेखर कोइराला पक्षलाई ‘सम्मानजनक हिस्सा’ दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएका छन्।
मंगलबार साँझ र बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकमा सभापति देउवाले सबै पक्ष समेटिने गरी समानुपातिक सूचीमा हेरफेर गर्न तयार रहेको बताए। निर्वाचन आयोगले दलहरुले पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा हेरफेर गर्न असोज १४ गते सम्मको समय निर्धारण गरेको छ।
बुधबारको पदाधिकारी बैठकमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनबीच तालमेल हुँदा कांग्रेसले पाउने सिटको विषयमा पनि आज (बुधबार) टुंगोमा पुगिने र समानुपातिक उम्मेदवारको सूचीमा पनि हेरफेर गरिने बताए।
कोइराला पक्षले घोषणा गरेको आन्दोलनअनुसार इतर पक्षका नेतारकार्यकर्ताले बुधबारदेखि पार्टी मुख्यालय सानेपामा धर्ना दिँदैछन्।
त्यसपछि गठबन्धनका शीर्ष नेताहरुले पनि प्रधानमन्त्री देउवालाई पार्टी भित्रको विवाद मिलाउन दबाब दिएका थिए। पार्टी भित्र र बाहिर (गठबन्धनका नेता)बाट समेत दबाब आएपछि देउवाले पदाधिकारी बैठक राखेर विवाद मिलाउने प्रयास थालेका हुन्।
‘पार्टी भित्रको विवाद बसेर, छलफल गरेर मिलाउन सकिन्छ। अहिले आन्दोलन घोषणा गरेर विभाजित हुनु हुँदैन भन्ने उहाँ (देउवा)को भनाइ छ,’ पाण्डेले भने।
Leave a Reply