ग्लोबल टिभि
0
असोज १२ –अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो काठमाडौं आइपुगेकी छन्।
अमेरिका सरकारका तर्फबाट विश्वव्यापी सार्वजनिक मामिला हेर्दै आएकी ट्रुडो बुधबार बिहान काठमाडौं उत्रिएकी हुन्। नेपालमा रहँदा सहायकमन्त्री ट्रुडोले सरकारी अधिकारी, नागरिक समाज, विदेशी मिडिया आउटलेट, प्रेस, पत्रकार र कूटनीतिज्ञसँग भेट गर्ने कार्यक्रम छ।
उनले अल्पसंख्यक समुदायका अगुवासँग अन्तक्रिया गर्ने कार्यक्रम पनि छ। काठमाडौंमा रहँदा उनी मिथ्या समाचार र सञ्चार माध्यमको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा सहभागी हुनेछिन्।
उनले नेपालसँगै उज्बेकिस्तान, यूएई र काजकिस्तानको पनि भ्रमण गर्ने तालिका छ।
उनी १२ दिनको भ्रमणमा निस्किएकी हुन्।
Post Views: 885
Leave a Reply