असोज १२ –युक्रेनको रुसी(नियन्त्रित क्षेत्रहरूमा गरिएका चार जनमतसंग्रह समाप्त भएको छ । यी भोटहरूलाई मस्कोले थप क्षेत्रहरू गाभ्ने आधारको रूपमा प्रयोग गर्न सक्ने पश्चिमा राष्ट्रहरुले चिन्ता व्यक्त गरेका ।
ती क्षेत्रहरूमा मस्को(स्थापित अधिकारीहरूले मतदानमा रूसमा सामेल हुनका लागि लगभग पूर्ण समर्थन रहेको दाबी गरिरहेका छन् । युक्रेनको सरकार र उसका सहयोगीहरुले यो मतदानलाई धोखाको रूपमा निन्दा गरेका थिए। अन्तर्राष्ट्रिय मान्यताको दिइएको थिएन भने प्रक्रियालाई स्वतन्त्र रूपमा अनुगमन गरिएको थिएन ।
खेरसन र जापोरिझ्झियाको दक्षिणी क्षेत्रका रुसी(कब्जा भएका भागहरूमा पनि मतदानको आयोजना गरिएको थियो। त्यस्तै डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा पनि मतदान भएको थियो।
रूसभर छरिएका शरणार्थीहरूले पनि दर्जनौँ मतदान केन्द्रहरूमा मतदान गरेका थिए थिए । जसमा सन् २०१४ मा रूसले कब्जा गरेको दक्षिणी युक्रेनी प्रायद्वीप क्राइमिया पनि रहेको थियो।
त्यहाँको मतदानको आंशिक परिणामहरूले रूसमा सामेल हुने पक्षमा ठूलो बहुमत देखाएको छ । युक्रेनको लगभग १५ प्रतिशत भूभाग ओगटेका युद्धग्रस्त क्षेत्रहरूमा ४० लाख मानिसहरूलाई मतदान गर्न भनिएको थियो। डोनेट्स्क र लुहान्स्कमा क्रेमलिन समर्थित प्रशासनद्वारा सञ्चालित समाचार एजेन्सीहरूले ९९.२३ प्रतिशत मानिसहरूले रूसमा सामेल हुने पक्षमा मतदान गरेको रिपोर्ट गरिरहेका छन् ।
Leave a Reply