कांग्रेसको समानुपातिक बन्दसुचीमा विवाद किन ?

 ग्लोबल टिभि      बुधबार, अशोज १२, २०७९      0
nlntk’/, @& c;f/M g]sf s]Gb|Lo sfo{;ldlt a}7s nlntk’/sf] ;fg]kfdf ;f]daf/ a;]sf] g]kfnL sf+u|];sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

कैलाश/संजय –निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसुचि सच्याउन माग गर्दै नेपाली कांग्रेसको संस्थापन इतर समुह आन्दोलनमा होमिएको छ । आसन्न आम निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै शेखर समुहले पार्टी कार्यालयमा धर्ना समेत सुरु गरेको छ । तर संस्थापन पक्षले भने सहमतिमै बन्दसूची पेश गरेको भन्दै विरोधको अर्थ नरहेको बताएको छ ।

आम निर्वाचनको मुखैमा नेपाली कांग्रेस भित्र चुलिएको आन्तरीक कलह छताछुल्ल पोखिन थालेको छ । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसुची सच्याउन माग गर्दै शेखर समुहले संस्थापन पक्ष माथी दवाव बढाईरहेको छ । निर्वाचन आयोगले असोज १६ गतेसम्म दलहरुलाई बन्दसुची हेरफेर गर्नेगरि समय दिएको छ । तर संस्थापन पक्षले भने पक्षपात नगरिएको तर केहि त्रुटी रहेको स्विकार्दै बन्दसुची सच्याउने संकेत दिएको छ ।

हुनत कांग्रेसले पाटी भित्रको विवादलाई चाडै समाधान गर्ने बताएको छ । पार्टी भित्रको संघर्ष सामान्य रहेको भन्दै कांग्रेसले आसन्न चुनावबका लागी तयारीमा जान कार्यकर्तालाई आग्रह गरेको छ । चुनावपछि पनी सरकारको नेतृत्व गर्ने गरी गठबन्धनमा होमिएको कांग्रेसले निर्वाचनमा एक ढिक्का हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । तरपनि संस्थापनइतरका नेताहरुको विरोध भने रोकिएको छैन ।

असोज १६ गते भित्र पार्टीमा देखिएको विवाद साम्य भईसक्ने कांग्रेसका कार्यकर्ताले समेत अपेक्षा गरेका छन । यता संस्थापन इतर समुहले विवाद निकालेपछि विवाद समाधानको प्रयास समेत शुरु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *