ग्लोबल टिभि
आइतवार, फाल्गुन २३, २०७७
0
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने फैसला गरेसंगै सत्तापक्ष दल विहिन बनेको छ । पुनस्र्थापित प्रतिनिधिसभाको अधिवेशन शुरु भएकै दिन सत्ता पक्ष दल विहिन भएको हो । गत निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले एकताको मार्गचित्र सहित निर्वाचनमा गए पछि दुवै पार्टी मिलेर गरेर नेकपा वनेको थियो । चुनावमा दुई तिहाई वहुमत पाएको दल नेकपा गत पुषमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसंग विभाजनको संघारमा पुगेको थियौ । कानूनी हैसियतमा रुपमा एउटै पार्टी भए पनि अध्यक्ष केपी ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल तथा माधव नेपाल पक्षले छुट्टा छुट्टै दलका रुपमा समानान्तर गतिविधि अघि वढाई रहेका छन् । अव सत्तारुढ दल नेकपाले छुट्टै पार्टी गठन गर्नु पर्ने छ ।
Post Views: 1,262
Leave a Reply