काठमाण्डौं । भारतका सेना प्रमुख मनोजमुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज) काठमाडौं आइपुग्दै छन्।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष नरवणे ४ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल भ्रमणमा आउने भएका हुन्। उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ।
बिहीबार दिउँसोर राष्ट्रपति कार्यालय सितल निवासमा राष्ट्रपति भण्डारीबाट भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ। उनको नेपाल भ्रमणको मुख्य औपचारिक कार्यक्रम पनि यही हो। उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गर्ने छन् ।
बिहीबार बिहान उनले टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेर वीरहरुप्रति सम्मान अर्पण गर्नेछन्। त्यसपछि जंगि अड्डामा आएर निरीक्षण गर्ने कार्यक्रम रहेको छ। निरीक्षण सकिएपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल हुनेछ।
Leave a Reply