सरकारले डेङ्गु नियन्त्रणमा ध्यान नदिएको महामन्त्री थापाको आरोप

 ग्लोबल टिभि           0

असोज १४ –नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेङ्गु नियन्त्रणमा सरकारको ध्यान जान नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न सरकार चुकेको बताए ।

उनले चाडबाडका बेला डेङ्गु को प्रकोप बढ्ने देखिएकाले तीनै तहको सरकारले त्यसमा ध्यान दिएर काम गर्नुपर्ने बताए ।

राजनीतिको प्राथमिकतामा चुनाव जित्ने र सरकार बनाउने मात्रै भएको थापाको आरोप छ । पार्टीभित्र अवसरका लागि विद्रोह गर्नुपर्ने अवस्था आउनु दुखद् भएको भन्दै नेता कार्यकर्तालाई समान व्यवहार गर्न उनले पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *